पार्टी भित्रनै घात हुँदा निर्वाचन परिणाममा असर पर्यो: प्रकाशमान सिंह
काठमाडाैं | पुस ९, २०७९
काठमाडौं: कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर परेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही व्यक्तिले पार्टीको आन्तरिक विषय र महाधिवेशनको विषयलाई उठाएर निर्वाचन प्रभावित गरेको आरोप लगाए ।
सो क्रममा आफूसहितका केही उम्मेदवारविरुद्ध निरन्तर नकारात्मक सन्देश प्रवाह गरेर हराउने अभियान चलाइएको उनको आरोप छ । ‘भ्रष्टाचारमा प्रकाशमानको केही छैन । चुनावको समयमा पार्टीभित्रको कुरा ल्याएर नकारात्मक प्रचार गरियो । अरु उम्मेदवारको विषयमा पनि यस्तै गरियो । यसको असर निर्वाचन परिणाममा देखियो । जित्ने ठाउँमा पनि कांग्रेसले पराजय भोग्नुपर्यो ।’
नेता सिंहले कांग्रेसमा प्रतिशोध राख्नेहरुका कारण पार्टीको संगठनलाई समेत अविश्वास गर्नुपर्ने अवस्था आएको बताए । ‘पार्टीको संगठनलाई मात्रै निर्भर नपर भन्ने सन्देश यो परिणामले देखायो । यसपटकको तितो पाठ संगठनको मात्रै भर गर्यो भने तेरो हालत यस्तो हुन्छ भन्ने अवस्था देखियो,’ उनले भने।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

